निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

सारांश

  • काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्।
  •  आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध पाण्डे अदालत पुगेका हुन्।
  •   पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ।

३ असार, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्।  आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध पाण्डे अदालत पुगेका हुन्।  पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो।

महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ। त्यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका थिए। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको गुरागाईँले बताएका थिए। चैत २१ गते उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु
छ वटा संसदीय समितिको बैठक बस्दै 
छ वटा संसदीय समितिको बैठक बस्दै 
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने