मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४० पटक हेरिएको
Shares
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

सारांश

  • उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश  तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।
  • होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई निरन्तरता दिएको हो ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ ।

१४ चैत, जनकपुर ।

उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश  तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ । होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई निरन्तरता दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ । दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय छन् ।

अनुगमन टोलीले विभिन्न होटलमा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरेको छ भने भान्साघरको सरसफाइ व्यवस्थापन गर्न होटल सञ्चालकहरूलाई निर्देशन दिएको छ । अनुगमन क्रममा ड्यु, स्लाइस, मिरिन्डा र सेवन अप जस्ता म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए । उनले बिग्रेका मिठाई र अखाद्य तेल र डाल्डासमेत नष्ट गरिएको बताए ।

बिरामीहरूको निकै चाप रहने अस्पताल रोडमा होटलहरूलाई अखाद्य सामाग्री बिक्री नगर्न र भान्साघरलगायत सबै स्थानमा सरसफाइ गर्न तथा ग्राहकहरूसँग राम्रो व्यवहार गर्न अनुगमन टोलीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो  :  राष्ट्रपति
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध