जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

सारांश

  • जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
  • बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।
  • जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

२७ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे । लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए ।

मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए । त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो । काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको फ्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
विश्वकपको छनोटको तयारी: आज नेपाल कतारसँग भिड्दै
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।