Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत

सारांश

  • पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले चौथोपटक हिरासत म्याद थप्न कास्की जिल्ला अदालत लगेको हो।
  • यसअघि तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि फेरि थप हिरासतमा राख्न अदालतसँग अनुमति माग्न लागिएको हो।
  • पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक रविसहित उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाईंलाई पनि सँगै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

 

२५ कार्तिक, सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (आइतबार) अदालत उपस्थित गराइएको छ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले चौथोपटक हिरासत म्याद थप्न कास्की जिल्ला अदालत लगेको हो। यसअघि तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि फेरि थप हिरासतमा राख्न अदालतसँग अनुमति माग्न लागिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक रविसहित उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाईंलाई पनि सँगै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?