आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।
  • बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए।
  • ‘काम गरिरहने कर्मचारी थप्छौं।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए। ‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने।

मन्त्री पौडेलले आरोग्य पर्यटनको विकासका लागि अनुसन्धानकर्ता, विद्यार्थी, योग तथा ध्यानका प्रशिक्षक र अभ्यासकर्तालाई समेत अभियानमा जोडिने बताए। उनका अनुसार नेपालको परम्परागत खानपान, आरोग्य खेती प्रणाली, भेषभूषा तथा जीवनशैलीसँग सम्बन्धित विषयहरूको सूचीकरण गरी पर्यटनसँग आबद्ध गरिनेछ। ‘खानेकुराको पनि आफ्नै आरोग्यता छ। खेतीपातीमा आरोग्य प्रणाली छ। आरोग्य प्रकारको भेषभूषा, खानपिन र जीवनशैलीसँग जोडिएका सबै विषयको सूचीकरण गरेर अभ्यासमा लैजानुपर्छ,’ उनले भने। मन्त्री पौडेलले आरोग्य पर्यटनलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेका होटल व्यवसायीलाई नेपालको मौलिक उत्पादन र परम्परागत अभ्यासलाई आफ्नो सेवामा समावेश गर्न आग्रह गरेको पनि जानकारी दिए। ‘नेपालको विशुद्ध उत्पादनलाई पनि प्राथमिकता दिनुपर्छ। पोटरी अर्थात् माटोका भाँडा बनाउने, धान रोप्ने जस्ता गतिविधि पनि आरोग्य अभ्यास हुन्। यस्ता परम्परागत अभ्यासलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने। उनका अनुसार आरोग्य पर्यटनसम्बन्धी नीतिगत निर्णय गर्ने समिति गठन भइसकेको छ भने अब सचिवालय स्थापना गरी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध