Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
५९ पटक हेरिएको
Shares
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने

सारांश

  • नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ ।
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो ।
  • जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ ।

 

१६ साउन,काठमाडौँ । नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो । जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्ने सूचनामा उल्लेख छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइने पनि बताएको छ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने बताइएको छ । सरकारले लिएको यो ऋणको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्नेछ । सो ऋण यही साउन १७ गते लिनेछ भने २०९२ साल साउन १७ गते सावाँसहित भुक्तानी गर्नेछ । सार्वजनिक ऋण व्यवस्थापनअनुसार सरकारले उठाउने ऋण दिन ईच्छुक आवेकले आज बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने छ । ऋण खरीद गर्न चाहनेले उक्त समयभित्र कार्यालयको डीओएमएस प्रणालीको यूआरएलबाट बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो