NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना

सारांश

  • नेपाल प्रिमियर लिग (NPL) का खेलहरूमा जुवा प्रवर्द्धन गर्ने अवैध विज्ञापन देखिएको उजुरीका आधारमा विज्ञापन बोर्डले छानबिन गरी कारबाही अघि बढाएको छ।
  • नेपाल क्रिकेट संघ (CAN) ले चित्तबुझ्दो जवाफ नदिएको भन्दै बोर्डले भविष्यमा विज्ञापनमा रोक लगाउने चेतावनी दिएको छ।
  • त्यस्तै, बिना सूचीकरण अवैध रूपमा विज्ञापन कारोबारमा संलग्न भएको भन्दै ब्राण्ड डिजिटल लजिक प्रा.

काठमाडौं ।

नेपाल प्रिमियर लिग (NPL) का खेलहरूमा जुवा प्रवर्द्धन गर्ने अवैध विज्ञापन देखिएको उजुरीका आधारमा विज्ञापन बोर्डले छानबिन गरी कारबाही अघि बढाएको छ। नेपाल क्रिकेट संघ (CAN) ले चित्तबुझ्दो जवाफ नदिएको भन्दै बोर्डले भविष्यमा विज्ञापनमा रोक लगाउने चेतावनी दिएको छ।

त्यस्तै, बिना सूचीकरण अवैध रूपमा विज्ञापन कारोबारमा संलग्न भएको भन्दै ब्राण्ड डिजिटल लजिक प्रा.लि. र टि.सि.एम. स्पोर्टस एण्ड मार्केटिङ प्रा.लि. लाई दश/दश हजार जरिवाना र तीन महिनासम्म विज्ञापन कार्यमा रोक लगाउने निर्णय भएको छ। २०८२ भदौ २० सम्म यी एजेन्सीहरूसँग कुनै विज्ञापन कारोबार नगर्न सबै विज्ञापनदाता र सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?