सल्यानमा जिप दु*र्घटना: २ जनाको मृ*त्यु, ४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
१६४ पटक हेरिएको
Shares
सल्यानमा जिप दु*र्घटना: २ जनाको मृ*त्यु, ४ जना घाइते

सारांश

  • सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
  • शनिबार बिहान करिब ८ बजे लु।
  • प्र।

 

२७ भदौ, रूपन्देही ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे लु।प्र।०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान सबा १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान, त्रिवेणी गा।पा।(०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी त्रिवेणी वडा नं ५ सल्ले बस्ने वर्ष १८ की बिपना बुढाथोकी रहेका छन् । सो घटनामा परेर घाइते हुनेमा चालक सल्यान, त्रिवेणी गा।पा। ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन, सोही वडाका वर्ष २९ को पारस बोहरा, वर्ष ५० को डिल्लीबहादुर वली, वडा नं ६ बस्ने वर्ष ४२ की लालमति बुढाथोकी रहेका छन् । घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागि दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?