धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

सारांश

  • धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा मिथिला नगरपालिका-३ की ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ।
  • बुधबार अपरान्ह ४ बजेको समयमा पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३ लालभित्ती चोकस्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ६१०० नम्बरको बसले ठक्कर दिँदा वृद्धा महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

 

१० बैशाख, धनुषा ।

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका-३ की ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ। बुधबार अपरान्ह ४ बजेको समयमा पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३ लालभित्ती चोकस्थित पश्चिमबाट

पूर्वतर्फ गइरहेको ना५ख ६१०० नम्बरको बसले ठक्कर दिँदा वृद्धा महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?