५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
२४ पटक हेरिएको
Shares
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना

सारांश

  •  विद्यार्थीलाई घर लैजाँदै गरेको बा १ क ५६६४ नम्बरकाे स्कूल बस आइतबार अपराह्न दुर्घटना भएको हो।
  • बसमा ५० विद्यार्थी सवार रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए।
  • “ट्रमा सेन्टर लगायत विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ,” बोहराले भने, “विस्तृत जानकारी अझै आइसकेको छैन।

 

२७ माघ, काठमाडौं । विद्यार्थीलाई घर लैजाँदै गरेको बा १ क ५६६४ नम्बरकाे स्कूल बस आइतबार अपराह्न दुर्घटना भएको हो। बसमा ५० विद्यार्थी सवार रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले बताए।

“ट्रमा सेन्टर लगायत विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ,” बोहराले भने, “विस्तृत जानकारी अझै आइसकेको छैन।”  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जयकुमार रावतका अनुसार बस सडकबाट केही तल खसेको छ। स्कूल छुट्टी भएपछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा बस दुर्घटनामा परेको हो। घाइतेमध्ये केही विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?