बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

सारांश

  • नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव आफूले गरेको बताएका छन् ।
  • प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन ।
  • यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए ।

२८ जेठ, बारा ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव आफूले गरेको बताएका छन् । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए ।

प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा बत्ती बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । विद्युतीकरणपछि पहिलोपल्ट जेठ २७ गते मङ्गलबार टाँगियाबस्तीमा पुगेका निवर्तमान कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा बत्ती बाल्दा एउटा सरकारी निकायले अन्य सरकारी निकायसँग युद्ध जितेजस्तो अनुभव रहेको स्मरण गरे । प्राधिकरण त्यतिबेला टाँगियाबस्तीमा वत्ति बाल्नुपर्छ भन्ने पक्षमा रहेको तर पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयहरु प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकायबीच नै द्वन्द्व रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘उज्यालो नेपालअन्तर्गत हरेक नेपालीको घरमा विद्युत् पुर्याउने अभियानमा थियौं, तर पूर्वपश्चिम राजमार्गबाट करिब ५/६ किलोमिटर दूरीमा रहेको टाँगियाबस्तीमा बत्ती छैनभन्दा नरमाइलो लाग्यो, मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणका लागि टेण्डर गरिएको थियो । यसैबीचमा मेरो कार्यकाल सकियो । सरकारी निकाय अवरोध कारण उक्त टेण्डर रद्ध गरिएछ । त्यसपछि मेरो दोस्रो कार्यकालमा यस्तो प्रचण्ड गर्मी हुन ठाउँमा माननीय हिसाबले पनि बत्ती दिनुपर्छ, शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइन्छ भने आफ्नै देशका नागरिकलाई सुविधाबाट बञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौं ।’ टेण्डरपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको तर आवश्यक समन्वय गरी बत्ती बालिएको अनुभव घिसिङले सुनाए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’सहमति दिएको थियो । त्यसपछि मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ती जडान गरिएको थियो । प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटर बाटोको छेउबाट तानेको थियो । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभर्ड कन्डक्टर/इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कतिमा हुदैछ करोबार ?
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ