उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
४० पटक हेरिएको
Shares
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान

सारांश

  • अमेरिकामा रहेको इस्लामिक सम्बन्ध परिषद् (सीएआईआर)ले यस घटनालाई ‘सम्पूर्ण जनसंख्याको योजनाबद्ध हत्या’ भन्दै अमेरिकालाईगाजामा भइरहेको हिंसा रोक्न आह्वान गरेको छ ।
  • इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरमा पनि हवाई आक्रमण गरेको छ ।
  • यसअघि उक्त क्षेत्रमा रहेका बासिन्दालाई आफ्ना घर छोड्न चेतावनी दिइएको थियो ।

 

इजरायली सेनाले उत्तरी गाजाको बेइत लाहियामा ६ वटा भवनमाथि आइतवार बिहान बम आक्रमण गर्दा कम्तीमा ४५ जनाको ज्यान गएको छ ।

अमेरिकामा रहेको इस्लामिक सम्बन्ध परिषद् (सीएआईआर)ले यस घटनालाई ‘सम्पूर्ण जनसंख्याको योजनाबद्ध हत्या’ भन्दै अमेरिकालाईगाजामा भइरहेको हिंसा रोक्न आह्वान गरेको छ ।इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरमा पनि हवाई आक्रमण गरेको छ । यसअघि उक्त क्षेत्रमा रहेका बासिन्दालाई आफ्ना घर छोड्न चेतावनी दिइएको थियो ।इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरायली आक्रमणमा चार सैनिकको मृत्यु भएकोमा शोक व्यक्त गरेको अलजजिराको समाचारमा उल्लेख छ । तेहरानले आक्रमणले ‘सीमित क्षति’ मात्र पुर्याएको बताएको छ । गाजामा अक्टोबर ७, २०२३ देखि हालसम्म भएका इजरायली आक्रमणमा कम्तीमा ४२ हजार ८४७ जनाको मृत्यु र १ लाख ५४४ जना घाइते भएका छन् । हमासद्वारा गरिएको आक्रमणमा इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?