वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • नेपालको खेल दिउँसो पौने १ बजेदेखि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा सुरु हुनेछ ।
  •   हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।
  • नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियो ।

२५ फागुन, युगान्डामा जारी चार देशीय महिला टी–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आइतबार घरेलु टोली युगान्डासँग खेल्दै छ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा सुरु हुनेछ ।  हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियो ।  खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।   नेपालले फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो
सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो
भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध
भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया