अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
९४ पटक हेरिएको
Shares
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि

सारांश

  • भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।
  • यस अवधिमा सो मूल्य बराबरको १ लाख १३ हजार ३३७ किलो अचार निर्यात भएको विभाको तथ्यांकमा उल्लेख छ ।
  • गत वर्षको यसै अवधिमा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलो अचार निर्यात भएको थियो ।

काठमाडौँ, १९ माघः चालु आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा करिब १० करोड बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।

यस अवधिमा सो मूल्य बराबरको १ लाख १३ हजार ३३७ किलो अचार निर्यात भएको विभाको तथ्यांकमा उल्लेख छ । गत वर्षको यसै अवधिमा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलो अचार निर्यात भएको थियो ।  गत वर्षको तुलनामा अचार ३ करोडभन्दा बढीले निर्यात बढेको हो । चालु वर्षमा १० वटा मुलुकमा अचार निर्यात भएको छ । जसमध्ये ३ करोड ७ लाख ७३ हजार रुपैयाँको ३६३२८ किलो अचार अष्ट्रेलियमा निर्यात भएको छ ।

यसैगरी २ करोड ५ लाख १६ हजार रुपैयाँको अमेरिकामा,१ करोड ६४ लाख ४० रुपैयाँको इटालीमा निर्यात भएको छ । यसैगरी ७६ लाख ९८ हजार रुपैयाँको दक्षिण कोरिया,६९ लाख ४६ हजार रुपैयाँको जापान ६४ लाख ८६ हजार रुपैयाँको बेल्जियम, ४० लाख ८८ हजार रुपैयाँको क्यानडा २० लाख ८ हजार रुपैयाँको वेलायत, १९ लाख २९ हजारको मलेसिया १६ लाख ९६ हजार रुपैयाँको डेनमार्कमा निर्यात भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर
काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर
अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले
अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले
काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी
काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
जनकपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको ह*त्या, २ जना घाइते
जनकपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको ह*त्या, २ जना घाइते
४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ
४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा