Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाढी पीडितलाई राहत वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
७७ पटक हेरिएको
Shares
बाढी पीडितलाई राहत वितरण

सारांश

  • चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।
  • सामाजिक अभियन्ता सरोज रायको पहलमा र एनसेल फाउन्डेशन तथा भोलन्टियर कोर्पस नेपाल (VCN) को सहकार्यमा बाढीबाट प्रभावित ५० परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।
  • उक्त कार्यक्रममा सरोज राय, एनसेल प्रतिनिधि राजेश चौधरी, VCN प्रतिनिधि सौगात कार्की, वार्ड अध्यक्ष फयाज अहमद, स्वंमसेवक माइक (पाइलट, अमेरिकन नागरिक), संजीव यादव, ई.

 

१३ कार्तिक, सर्लाही । चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक अभियन्ता सरोज रायको पहलमा र एनसेल फाउन्डेशन तथा भोलन्टियर कोर्पस नेपाल (VCN) को सहकार्यमा बाढीबाट प्रभावित ५० परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

उक्त कार्यक्रममा सरोज राय, एनसेल प्रतिनिधि राजेश चौधरी, VCN प्रतिनिधि सौगात कार्की, वार्ड अध्यक्ष फयाज अहमद, स्वंमसेवक माइक (पाइलट, अमेरिकन नागरिक), संजीव यादव, ई. धर्मेन्द्र यादव, दिलीप यादव, सुभाष यादव, र अनुज यादवको उपस्थिति थियो। स्थानीय समाजका व्यक्तिहरू र स्थानीय प्रहरीको समेत उल्लेखनीय उपस्थिति रहेको यो कार्यक्रममा राहत सामग्री वितरण गरिएको थियो।

राहतका रूपमा प्रत्येक पीडित परिवारलाई कम्बल, बाल्टिन, चामल, तेल, जिरा, दाल, दालबुट, चिनी, चायपत्ती, नुन, चना, सोयाविन र च्युरा लगायतका दैनिक आवश्यक सामग्री प्रदान गरियो। साथै, सरसफाइलाई ध्यानमा राख्दै हाइजिन किट ब्यागसमेत वितरण गरिएको थियो, जसमा टॉवल, नुहाउने साबुन, लुगा धुने साबुन, भाँडा धुने साबुन, टुथपेस्ट, ब्रश, नेलकटर, काइयो, र सेनिटरी प्याड समावेश गरिएका थिए।

राहत सामग्री वितरणमा वार्ड अध्यक्ष फयाज अहमद तथा स्थानीय समाजको समन्वयमा पीडित परिवारहरूको छनौट गरिएको थियो। उपस्थित सबैको सहकार्य र योगदानमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ