पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ५, २०८१
|
|
५१ पटक हेरिएको
Shares
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ

सारांश

  • दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकाश पाएका ४५ बर्षिय पुरीको घरबाट ठूलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।
  • शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।
  • घरमा भाडाँवर्तन सार्ने क्रममा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो ।

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका-४ का नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकाश पाएका ४५ बर्षिय पुरीको घरबाट ठूलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् । शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।

घरमा भाडाँवर्तन सार्ने क्रममा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।

उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिनुभयो ।

पुरीको घरबाट थप ठूलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताउनुभयो । उहाँका अनुसार पुरीको घरबाट बिस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश