Press 4K
सोमबार, ७ बैशाख २०८३

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
७४ पटक हेरिएको
Shares
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् ।
  • सोमबार       सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।
  • उनले भने, ‘एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन् ।

७ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् । सोमबार       सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।

उनले भने, ‘एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन् । एउटा चुनावको हार जितले कुनैपनि पार्टी रहन्छकि रहदैन् भन्ने निर्धारण गर्न सक्दैन् । अहिले प्राविधिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव नजिते पनि राजनीतिक रुपमा राप्रपाले यो पटकको चुनाव जितेको छ।’ त्यस्तै उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएकोबारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे ।

उनले भने, ‘अहिले प्रारम्भमा नै जुन किसिमका समाचारहरु बाहिर आइरहेका छन् । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’ सामाजिक सञ्जालमा सरकारले २४ घण्टामा लाइसेन्स दिन थाल्यो भनेर प्रचार भएपनि व्यवहारमा त्यो लागू नभएको भन्दै देश स्टन्टबाजीले भन्दापनि परिणामले चल्ने बेला आएको धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदान जित
टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदान जित
७ दलको विरोध प्रदर्शन आज पनि जारी
७ दलको विरोध प्रदर्शन आज पनि जारी
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...