खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२४९ पटक हेरिएको
Shares
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस

सारांश

  •   सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ।
  • कारबाही सिफारिस हुनेमा प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म रहेको प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए।
  • पक्राउ परेर खुर्कोटको हिरासत कक्षमा रहेका सिन्धुलीकै सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो।

१२ जेठ, खुर्कोट । 

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ। कारबाही सिफारिस हुनेमा प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म रहेको प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए। पक्राउ परेर खुर्कोटको हिरासत कक्षमा रहेका सिन्धुलीकै सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो।

यो घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो। जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाईसख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ। साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्न पनि सुझाव दिएको छ।

कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषतः अन्तरजातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ। यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासतको अवस्था नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ। एसपी सुवेदीको भने सिन्धुलीबाट सरुवा भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालत हाजिर भए धवल शम्शेर
अदालत हाजिर भए धवल शम्शेर
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?