रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ ।
  • दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए ।
  • उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् ।

१५ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए । उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको नाम बढी चर्चामा छ । आकांक्षीहरुमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ ।

यसैबीच रास्ववाका आकांक्षी उम्मेदवारहरु आज बिहान ९ बजे पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै छन् । उनीहरुले लामिछानेलाई सामूहिक रुपमा भेट्ने बताइएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता दीपक बोहोराको निधन भएकाले सो स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
लागूऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता