भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
८२ पटक हेरिएको
Shares
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

सारांश

  • बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ ।
  • बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।
  • मूर्ति निर्माणका लागि रु ४० लाख खर्च भइसकेको छ ।

 ४ जेठ, काभ्रेपलाञ्चोक ।

बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो । मूर्ति निर्माणका लागि रु ४० लाख खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताउनुभयो ।

उहाँका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ । नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ । यस्तै भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन् । बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिनुभयो । “पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट रु एक करोड ६५ लाख बजेट प्राप्त भइसकेको छ, अब थेरापी पार्कको निर्माण थाल्नेछौँ”, उहाँले भन्नुभयो । यस स्थानमा विस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया