बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ४, २०८३
|
|
४३ पटक हेरिएको
Shares
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
  • हाल देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

 

४ भदौ, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने, मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।  कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?