प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन निर्देशन दिएका छन्।
  •   काठमाडौँमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा शुक्रबार बिहान प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न निर्देशन दिएका हुन्।
  • ‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ।

३० जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन निर्देशन दिएका छन्।  काठमाडौँमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा शुक्रबार बिहान प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न निर्देशन दिएका हुन्।

‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ। त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो छ। ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ। सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ।’

अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधनसम्पन्न हुनुपर्ने र प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीले बताए।  गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न निर्देशन दिए। प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?