फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाखभन्दा बढी विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
५५७ पटक हेरिएको
Shares
फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाखभन्दा बढी विस्थापित

सारांश

  • दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् ।
  • तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ ।
  • स्पेनमा आपतकाल घोषणा गरिएको छ ।

 

१० साउन, काठमाडौं ।

दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको छ । फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं’ भनेका छन् । डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । फ्रान्समा बोर्डोको पश्चिमका सात वटा नगरका बासिन्दालाई शनिबार राति घर छाड्न निर्देशन दिइएको थियो ।

बोर्डो नजिकै आगो, धुवाँले सहर ढाकियो

शनिबार बिहानसम्म डढेलो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको थियो । यद्यपि तीव्र हावाका कारण धुवाँ सहरसम्म पुगेपछि स्थानीयले हावामा पोलिएको गन्ध महसुस गरेको बताएका छन् । डढेलोबाट परिवारसहित सुरक्षित स्थानमा पुगेका एक पर्यटकले बीबीसीसँग कुरा गर्दै आगोको अवस्था ‘डरलाग्दो’ रहेको बताएका छन् । उनले करिब १०० माइल टाढा पुगे पनि डढेलोको गन्ध अझै आइरहेको बताएका छन् । बोर्डोमा बिदा मनाइरहेका बेलायती दम्पतीले पनि शुक्रबार साँझदेखि आगोको प्रभाव तीव्र भएको बताएका छन् । उनीहरूका अनुसार खरानीले घरको स्विमिङ पुल ढाकेको छ भने बाहिर निस्कँदा खुट्टा कालो हुने अवस्था रहेको छ । धुवाँले सास फेर्नसमेत कठिन बनाएको उनीहरूको भनाइ छ । बोर्डो नजिकैको सेन्ट–ओबाँ–दे–मेडोक क्षेत्रका स्थानीयले परिस्थितिलाई तनावपूर्ण र ‘विपत्ति’को संज्ञा दिएका छन् ।

२ लाख मानिसको उद्धार, सेना परिचालन

फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारले डढेलो नियन्त्रणका लागि सेना परिचालन गरेको छ । सैनिकहरूले झाडी फाँड्ने, आगो फैलिन नदिन फायर ब्रेक बनाउनेलगायतका काम गरिरहेका छन् । देशभर करिब ३० वटा डढेलो सक्रिय रहेकाले राष्ट्रपति इमानुएल म्याक्रोनले मन्त्रीहरूसँग आपत्कालीन बैठक बोलाउने तयारी गरेका छन् । सरकारले अहिलेको अवस्था अभूतपूर्व भएको जनाएको छ । यसैबीच, आइतबार हुने टुर डी फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटर मा सीमित गरिएको छ, ताकि सुरक्षाकर्मीलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस् ।

स्पेनमा मौसमले केही राहत

डढेलोका कारण स्पेनमा आपतकाल घोषणा गरिएको छ । राजधानी म्याड्रिड आसपासको क्षेत्रमा मौसममा आएको सुधारले डढेलो नियन्त्रणमा केही सहज भएको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय सरकारले हावा कम चलेको, आद्रता बढेको र तापक्रम घटेकाले आगोको तीव्रता कम भएको जनाएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले अहिले डढेलो नियन्त्रणका लागि ‘महत्वपूर्ण अवसर’ प्राप्त भएको बताए पनि आगामी दिन अझै चुनौतीपूर्ण रहने स्वीकार गरेका छन् । तर स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी ७० वर्ष आसपासका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । उनी आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका थिए । स्पेनको गृह मन्त्रालयका अनुसार हालसम्म म्याड्रिड र आविला क्षेत्रबाट करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् । म्याड्रिडकी क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई ‘क्षेत्रकै इतिहासको सबैभन्दा ठूलो डढेलो’ भनेकी छन् ।

यस वर्षमै रेकर्डतर्फ

सान्चेजका अनुसार स्पेनमा सन् २०२६ को सुरुदेखि हालसम्म १ लाख ३० हजार हेक्टर वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत १ लाख हेक्टर भन्दा धेरै हो ।

फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार फ्रान्समा पनि यस वर्षको सुरुदेखि ९८ हजार हेक्टर क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।

उता इटालीको सिसिली द्वीपमा पनि ३५० भन्दा बढी स्थानमा आगलागी भएको छ, जसमा १० वटा ठूलो डढेलो रहेका छन् । स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि पनि ठूलो स्तरमा उद्धार तथा नियन्त्रण अभियान जारी छ ।

युरोपभर थप जोखिम

युरोपेली संघ (ईयू) की संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति विगतका सबै रेकर्ड पार गर्न सक्ने चेतावनी दिएकी छन् ।

उनका अनुसार गत वर्ष गर्मीयाममा करिब १० लाख हेक्टर क्षेत्र जलेको थियो भने यस वर्ष गर्मी सुरु हुनुअघि नै डढेलो फैलिन थालेकाले अवस्था अझ गम्भीर हुन सक्ने देखिएको छ ।

डढेलो नियन्त्रणका लागि ईयूले फ्रान्समा क्रोएसियाबाट तीन वटा क्यानाडेयर पानी बर्साउने विमान, पोर्चुगलबाट दुई वटा एयर ट्याक्टर, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली पठाएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ईयूको संयुक्त अग्निनियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति
भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै