विनोद चौधरीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
९९ पटक हेरिएको
Shares
विनोद चौधरीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

सारांश

  • कांग्रेसको १५औं महाधिवेशनमा चौधरीले समावेशी समूहमा उपसभापतिमा उम्मेदवारी दिएका हुन्।
  • उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए।
  • कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।

नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्।

कांग्रेसको १५औं महाधिवेशनमा चौधरीले समावेशी समूहमा उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए।

कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। बिहानैदेखि उम्मेदवारी केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?