उदयपुर सिमेन्टको सबै खाता रोक्का, २२ कर्मचारीको तलब रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
१९ पटक हेरिएको
Shares
उदयपुर सिमेन्टको सबै खाता रोक्का, २२ कर्मचारीको तलब रोकियो

सारांश

  •   पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सबै बैंक खाता रोक्का भएको छ।
  • काठमाडौं जिल्ला अदालतको आदेश भन्दै बैंकले मंगलबारदेखि उद्योगको खाता रोकेपछि लामो समयदेखि तलब नपाएका २२ कर्मचारीको तलब निकासा रोकिएको छ।
  • पूर्णरूपमा बन्द रहेको उद्योगले वैशाख दोस्रो सातादेखि सञ्चालनमा ल्याएर १५ दिन क्लिङ्कर उत्पादन गरी सिमेन्ट बिक्री सुरु गरेको थियो।

 

१४ जेठ, काठमाडौं । 

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सबै बैंक खाता रोक्का भएको छ। काठमाडौं जिल्ला अदालतको आदेश भन्दै बैंकले मंगलबारदेखि उद्योगको खाता रोकेपछि लामो समयदेखि तलब नपाएका २२ कर्मचारीको तलब निकासा रोकिएको छ। पूर्णरूपमा बन्द रहेको उद्योगले वैशाख दोस्रो सातादेखि सञ्चालनमा ल्याएर १५ दिन क्लिङ्कर उत्पादन गरी सिमेन्ट बिक्री सुरु गरेको थियो।

बिक्रीबाट जम्मा भएको रकमले कर्मचारीलाई तलब दिन थालिएको थियो। अन्य कर्मचारीले तलब पाइसके पनि २२ जनाको तलब बाँकी रहँदा खाता रोक्का भएको हो। उद्योगको आर्थिक प्रशासनका अनुसार, अदालतको आदेश भन्दै बैंकले खाता रोकेपछि तलब निकासा रोकिएको छ। वैशाख पहिलो सातादेखि फायरिङ गरेर करिब १५ दिन उद्योग सञ्चालन हुँदा उत्पादित ९० हजार बोरा गैँडा सिमेन्ट बिक्री गरेर पुस महिनाको तलब निकासा दिन थालिएको थियो। साताअघि बिक्री सुरु भएपछि जम्मा भएको रकमबाट अंग्रेजी वर्णानुक्रमअनुसार दैनिक २० देखि ३० कर्मचारीलाई तलब दिइएको थियो।

उद्योगले २२० कर्मचारीमध्ये १९८ जनालाई पुसको तलब निकासा गरिसकेको थियो। बाँकी कर्मचारीको तलब निकासा गर्न लाग्दा बैंकले खाता रोक्का भएको जानकारी दिएको छ। जेठ १२ गतेको अदालतको निर्णयअनुसार खाता रोक्का भएको बैंकले बताएपछि मंगलबार बाँकी कर्मचारीको तलब निकासा हुन सकेन। ‘हिजोसम्म उद्योगका २२० कर्मचारीमध्ये धेरैले तलब पाइसकेका थिए,’ लेखा अधिकृत उद्धव घिमिरेले भने, ‘अब बाँकी २२ जनाको तलब आज निकासा गर्न तयारी गर्दा बैंकले खाता रोक्का भएको जानकारी दियो।’ खाता रोक्का हुँदा घिमिरे आफैं पनि तलब पाउनबाट वञ्चित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?