सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
६८ पटक हेरिएको
Shares
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

सारांश

  • काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।
  • शुक्रबार  बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।
  • सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

 

३० जेठ, काभ्रेपलाञ्चोक ।

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । शुक्रबार  बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल,  इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो । समितिलाई सात दिनको समय दिइएको छ । यस्तै, समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य/तथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
इलाममा कुटपिटबाट एक युवकको मृत्यु
इलाममा कुटपिटबाट एक युवकको मृत्यु
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो
भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो