प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

सारांश

  • यमलाल भुसाल लुम्बिनी प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनुभएको छ ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो ।
  • २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो ।

 

२९ वैशाख, काठमाडाैं ।

यमलाल भुसाल लुम्बिनी प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो । २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको जनाएको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?