महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला

सारांश

  • काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ ।
  • सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो ।
  • महानगरपालिकाका अनुसार ०६७–धय–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा मिति २०८०÷०८÷०१ मा भएको फैसलालाई आधार मानी २०८१ साल साउन २४ गते प्रमुख स्तरीय निर्णयमार्फत नदीको नापी नक्साबाट कायम रहेको छेउदेखि दायाँ–बायाँ मन्त्रिपरिषद्बाट २०६५÷०८÷०१ मा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने तथा निर्माण कार्य रोक्का गर्ने निर्णय गरिएको थियो ।

 

७ माघ, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो । महानगरपालिकाका अनुसार ०६७–धय–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा मिति २०८०÷०८÷०१ मा भएको फैसलालाई आधार मानी २०८१ साल साउन २४ गते प्रमुख स्तरीय निर्णयमार्फत नदीको नापी नक्साबाट कायम रहेको छेउदेखि दायाँ–बायाँ मन्त्रिपरिषद्बाट २०६५÷०८÷०१ मा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने तथा निर्माण कार्य रोक्का गर्ने निर्णय गरिएको थियो ।

तर मिति २०८२÷१०÷०४ मा सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त निर्णयको केही अंश उल्ट्याउँदै मन्त्रिपरिषद्बाट २०६५÷०८÷०१ मा निर्धारण गरिएको मापदण्डको अधीनमा रही मात्र कार्य गर्नुपर्ने आदेश दिएको छ । अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो । सर्वोच्च अदालतको आदेशअनुसार अब महानगर क्षेत्रमा नदी तथा सहायक नदीको हकमा मन्त्रिपरिषद्बाट तोकिएको मापदण्डभन्दा बाहेक थप दूरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने स्पष्ट गरिएको छ । साथै, हाल निर्माण भइरहेको संरचनामा पनि रोक्का नराखिने महानगरले जनाएको छ । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै सरोकारवाला व्यक्ति, संस्था तथा निर्माण व्यवसायीलाई सर्वोच्च अदालतको आदेश र प्रचलित मापदण्डको अधीनमा रही निर्माण कार्य अगाडि बढाउन जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?