यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दु*र्घटना, एक युवकको मृ*त्यु

सारांश

  • ललितपुरको यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
  • बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा.
  • प्र.

२५ मंसिर, काठमाडौं ।

ललितपुरको यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा. प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरित दिशाबाट आउदै गरेका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

भ्यानले बा. प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार, बा २ ज ४७६० नम्बरको भाडाको कार, बा.प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार र बा ५१ प ९५६९ नम्बरको स्कूटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। स्कूटर भने कुपण्डोलबाट यूएन पुलतर्फ जाँदै गरेको थियो।  दुर्घटनामा स्कूटर चालक रौतहटको गौर नगरपालिका-९ का राजिव सिन्हा घाइते भएका थिए। उनलाई उचपारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले भ्यान चालक काठमाडौँको नागार्जुन नगरपालिका-६ का २० वर्षीय रोहित रञ्जितकारलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, अन्या चार तीन वटै गाडी चालक र गाडीलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप
सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत