महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ९, २०८०
|
|
३० पटक हेरिएको
Shares
महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरबाट गरिब होइन गरिबी लखेट्नुपर्ने धारणा राखेका छन्।
  • आज (मंगलबार) दिउँसो सामाजिक सञ्जालमा लेख्दै ओलीले फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि भएको उल्लेख गरे।
  • ‘हो, फुटपाथ हिंड्नकै लागि हो।

९ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरबाट गरिब होइन गरिबी लखेट्नुपर्ने धारणा राखेका छन्।

आज (मंगलबार) दिउँसो सामाजिक सञ्जालमा लेख्दै ओलीले फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि भएको उल्लेख गरे। ‘हो, फुटपाथ हिंड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिंडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो,’ उनले लेखेका छन्।  उनले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक भएको बताएका छन्।

उनी लेख्छन्, ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं। पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ।’  ‘उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस्। हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन,’ ओलीले थप लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?