युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

सारांश

  •   ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
  • राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।
  • मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं ।

१२ पुस, काठमाडौं । 

ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् । मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ ।

नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’ यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो । यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’

यसैगरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे । उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए । उनले भने, ‘चुनाव आउँदै छ, सही व्यक्ति चुनेर पठाउनुहोला । नेतृत्व सही आउनुपर्छ देश निर्माणको लागि। राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्छ । देशले डेलिभरी खोजेको छ, डेलिभरी दिनसक्ने नेतृत्वलाई जिताउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीकृष्ण जन्माष्टमी
आज श्रीकृष्ण जन्माष्टमी
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
पक्राउ परेका डा. गुणेश्वर झा रिहा
पक्राउ परेका डा. गुणेश्वर झा रिहा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी