छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
२९ पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सारांश

  • देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
  •   दाङ, राप्ती गाउँपालिका-२ कटेस नालास्थित सडकमा बा.
  • ४ ख २२६१ नम्बरको ट्रकले रा.

 

२ पुस,  काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।  दाङ, राप्ती गाउँपालिका-२ कटेस नालास्थित सडकमा बा.४ ख २२६१ नम्बरको ट्रकले रा.८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरीबजारस्थित सडकमा छेउमा पार्किङ गरी राखेको लु.२ ख ४५२७ नम्बरको टिपरमा ग.११ प ६०५६ नम्बरको मोटरसाइकल ठोक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुनबर्षी नगरपालिका-९ भेरुवाथानस्थित सडकमा मे.४ प १८२३ नम्बरको मोटरसाइकल ना.३ ख ९९०४ नम्बरको ट्रकमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्षी नगरपालिका-९ बालुबारी बस्ने २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी, बर्दिबास नगरपालिका-१ रातु पुलस्थित सडकमा बा.प्र ०३-००१ ख २७२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाम, माङसेबुङ गाउँपालिका-३ सल्लेनीस्थित भित्री सडकमा ना.३ ख ६०३७ नम्बरको ट्रकको पछाडिको दाहिने साईडको चक्काको हेङ्गर बल्टु भाँच्चिई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिन गई उक्त ट्रकको बडीले च्यापिएर ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका-३ कमला स्टिल फ्याक्ट्री अगाडि ना.६४ प ७२० नम्बरको मोटरसाइकले को.५ प ७०६८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा को.५ प ७०६८ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीय नगेन्द्र गच्छदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ना.६४ प ७२० नम्बरको मोटरसाइकल चालकको फरवार्ड सामुदायिक अस्पताल दुहबीमा उपचार भइरहेको छ । मकवानपुर, हेटौँडा उपमहानगरपालिका-४ रजतजयन्ती चोकमा ना.६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका हालवतननखुलेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपाने नाम बताउने पुरुषको मृत्यु भएको छ । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पताल हुँदै एलाईभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान