युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ

सारांश

  •   पिपुल फस्र्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ ।
  • शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ ।
  • स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन् ।

४ पुस, काठमाडौं । 

पिपुल फस्र्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ । स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन् । युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो । श्रेष्ठले पछिल्लो समय मुलुकको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै युद्धग्रस्त देशजस्तै उच्च पलायन दर देखिएको बताइन् । उनले युवालाई स्वदेशमै रोक्न शिक्षा प्रणाली सुधार गर्न र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । तर ती काम गर्नका लागि धेरै समय नभएको पनि उनको भनाइ थियो ।

उनले भनिन्, ‘जेनजीको आन्दोलनपछि देशको परिवेश परिवर्तन भएको छ । युवाहरुले कस्तो आचरण खोज्नु भएको हो, कस्तो सिस्टम खोज्नु भएको हो ? त्यो पनि हामी सबैले अंगिकार गर्न जरुरी छ । गत भदौं २३ र २४ गतेको कुरा गर्दै गर्दाखेरी हाम्रो राज्यको अवस्था कस्तो छ ? हाम्रो पलायन रेट युद्ध भएको देशको जस्तो छ । हाम्रा युवाहरुलाई यही देशमा रोक्नका लागि जुन काम गर्नुपर्छ, शिक्षा सुधार्नुपर्छ, रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ तर त्यसको लागि समय धेरै छैन ।’ उनले युवाले चाहेको विकास र जीवनशैली कस्तो हो भन्ने विषय स्पष्ट रूपमा व्याख्या गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक दलको काम चुनाव जित्ने वा कानुन बनाउने मात्र नभई जनतामा नयाँ सोच र आवश्यकताको माग सिर्जना गर्नु पनि भएको श्रेष्ठको धारणा थियो । उनले भनिन्, ‘युवाले खोजेको र चाहेको विकास कस्तो हो त ? हामीले चाहेको लाइफ स्टाइल कस्तो हो त ? यसलाई व्याख्या गर्दै अगाडि जानुपर्छ । राजनीतिक पार्र्टीको काम चुनाव जित्ने मात्रै होइन, कानुन बनाउने मात्रै होइन, राजनीतिक पार्टी र राजनीतिक नेतृत्व एउटा ठूलो जनतामा डिमाण्ड क्रेट गर्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस : युवा नेता उमेश दुबे
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो