Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् ।
  • राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई कडा कदम चाल्न सुझाव दिए ।
  • ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो ।

 

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई कडा कदम चाल्न सुझाव दिए ।

‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो’ उनले भने, ‘अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’ प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको टिप्पणी गरे । ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ,’ उनले भने ।

सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् । आउने दिनको लागि पूर्ण तयारीमा लागोस् ‘, उनले भने । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिंदैन । नेपाली जनता त्यसमा तयार छैन । यसमा पनि सरकार गम्भीर बनोस् भन्ने चाहन्छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान