दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ

सारांश

  • मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
  • बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई डिएसपी मुक्तिनाथ सापकोटाको कमान्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
  • उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

७ चैत सर्लाही । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई डिएसपी मुक्तिनाथ सापकोटाको कमान्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए ।त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए ।

गोली लागेर घाइते जितेन्द्रको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ । निजहरु माथी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी  पंजियारले बताए । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला