ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
४५ पटक हेरिएको
Shares
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

सारांश

  •   पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
  • मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो ।
  •   घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

काठमाडौँ, २१ पुसः पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।  पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।

मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो ।  घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।  आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरोका कारण देशभरका १२  सडक पूर्ण रूपमा अवरुद्ध
बाढी पहिरोका कारण देशभरका १२ सडक पूर्ण रूपमा अवरुद्ध
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्‌बाट बाहिरियो रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्‌बाट बाहिरियो रास्वपा
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो