क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 

सारांश

  • नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।
  • बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।
  • ‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

१७ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ । बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।

‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ । बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ ।

नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ ९एघारौं संसोधन सहित० बमोजिम व्यवस्था गरिएको जनाएको छ ।  विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जिल्ला र क्षेत्र केन्द्रीय प्रतिनिधि वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो
हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो
आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की