अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ

सारांश

  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।
  • पक्राउ परेकामध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।

२४ असार, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।

पक्राउ परेकामध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स, क–कसले पाए ? (सूचीसहित)
काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स, क–कसले पाए ? (सूचीसहित)
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा