मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
२८५ पटक हेरिएको
Shares
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने

सारांश

  • मलङ्गवा नगरपालिकाका सबै वडामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
  • “समस्या उत्पन्न गर्ने होइन, समस्या समाधान गर्ने मेरो अठोट” भन्ने मूल नारासहित समाजसेवी सोहन कुमार झाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।
  • मलङ्गवा नगरपालिका–२ निवासी झाका अनुसार नगरपालिकाका वडा नं.

११ चैत, सर्लाही ।

मलङ्गवा नगरपालिकाका सबै वडामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। “समस्या उत्पन्न गर्ने होइन, समस्या समाधान गर्ने मेरो अठोट” भन्ने मूल नारासहित समाजसेवी सोहन कुमार झाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। मलङ्गवा नगरपालिका–२ निवासी झाका अनुसार नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सम्पूर्ण नगरबासीलाई लक्षित गरी २०८३ साल जेठ १८ गतेदेखि शिविर सञ्चालन गरिनेछ।

शिविरमार्फत निःशुल्क आँखा परीक्षण, चश्मा वितरण, आँखा सम्बन्धी शल्यक्रिया तथा औषधि वितरण गरिने कार्यक्रम रहेको छ। स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले बताएका छन्। शिविर सफल बनाउन आवश्यक पूर्वतयारीका कामहरू भइरहेको जनाउँदै आयोजकले स्थानीयबासी तथा सरोकारवालासँग सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छन्। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन हुन लागेको यस कार्यक्रमले नगरबासीको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार ल्याउने विश्वास लिइएको छ। साथै, स्वस्थ, शिक्षित र विकसित नगर निर्माणमा सबैको सहकार्य आवश्यक रहेको आयोजकको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा