Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
८३ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?

सारांश

  • काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
  • आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।
  • त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

१९  साउन, काठमाडौं ।

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।

त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
कांग्रेस महाधिवेशन- मतदानको समय फेरि सारियो
कांग्रेस महाधिवेशन- मतदानको समय फेरि सारियो
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते