कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा

सारांश

  • एनपिएल सुरू हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो।
  • प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए।
  • टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए।

२ मंसिर, नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले आइतबार सुर्खेतको बुलबुल तालको मोटरबोटमा मनोरञ्जन लिएका छन्।एनपिएल सुरू हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो।

प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए। टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए।  ‘यो मेरो पहिलो मोटरबोट अनुभव यो, पर्यटकीय हिसाबले निकै सम्भावना भएको पाएँ, सबैले एकपटक मोटरबोटको अनुभव लिन म आग्रह गर्दछु,’ उनले भने।

करिब एक करोड रूपैयाँ लगानीमा सुरू भएको मोटरबोटपछि पछिल्लो समय त्यहाँ आउने पर्यटक बढेका छन्। लामो समयदेखि अत्यधिक फोहोरका कारण अलपत्र अवस्थामा रहेको ताल सफाइ गरी कम्पनीले गत वैशाखदेखि मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो।कम्पनीले बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रूपैयाँ बुझाउने गरी मोटरबोट सञ्चालन सुरू गरेको हो। तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा प्रवाह गरिरहेको छ।

कम्पनीले नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणगढ र देवघाट सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ। मोटरबोट सञ्चालनपछि बुलबुल तालको मोटरबोट पर्यटकीय गन्तव्य बनेको छ। तालमा मोटरबोट सञ्चालन भएसँगै उद्यान परिसरमा पर्यटक बढ्दा राजस्व बढेको छ। साथै मोटरबोटकै कारणले कम्तीमा २० जना फोटोग्राफरका लागि समेत रोजगारी सृजना भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
प्रधान सेनापतिसँग बालेनको छलफल
प्रधान सेनापतिसँग बालेनको छलफल
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की