सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २३, २०८३
|
|
११० पटक हेरिएको
Shares
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् ।
  • जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा गर्न लागेका हुन् ।
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित ब्यांक्वेटमा हुनेछ ।

२३ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा गर्न लागेका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित ब्यांक्वेटमा हुनेछ ।

मोर्चाको उद्देश्य, संरचना र भावी कार्यदिशाबारे घोषणा कार्यक्रममा जानकारी गराइने नेताहरूले बताएका छन् । सात दलले गत सोमबार ललितपुरमा छलफल गरी ‘अग्रगामी मोर्चा’ गठन गर्ने निर्णय गरेका थिए । छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरू सहभागी थिए । त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जसपा नेपालका नेता जितेन्द्र सोनललगायत पनि छलफलमा सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति
मधेस प्रदेश : तीन महिनापछि प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते हुँदै
मधेस प्रदेश : तीन महिनापछि प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते हुँदै
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै