सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा

सारांश

  • सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्।
  • बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन्।
  • त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

१६ असार, काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्। बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन्। त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस

गर्न भनिएको थियो। उनीहरूले आवेदन दिएपछि एक महिनाको बिचमा बढुवाको निर्णय भएको हो। बढुवा मूल्यांकन फारमको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो। खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने डीएसपी थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने