पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
५८ पटक हेरिएको
Shares
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

सारांश

  • स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।
  • सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए ।
  • पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताउनुभयो ।

१३ मंसिर, काठमाडौं ।

स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् । सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए ।

पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई अन्याय हुन दिन्नौँ, नियामक निकायसँग बुझेर समस्या समाधानको पहलकदमी लिन्छौँ । ” स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले भन्नुभयो, “ कम्पनी खारेज भएको तीन वर्ष बितिसक्दा टावर व्यवस्थापन भएको छैन । टावरको भाडा पनि पाइएको छैन, बिजुलीको पैसा उठेको छैन ।”

स्मार्ट बन्द हुँदा धेरै सङ्ख्यामा नेपालीले रोजगारी गुमाएको उनीहरुको भनाइ छ । स्मार्ट कार्ड र सिम कार्डमा लगानी गरेका व्यवसायीको लगानी खेर गएको छ । कम्पनी बन्द भएको तीन वर्ष बितिसक्दा बैंकलाई ब्याज बुझाउनुपरेको तर कार्डको पैसा फिर्ता आउने टुङ्गो नभएको पीडितको गुनासो छ । स्मार्ट समस्या समाधान समूहमा स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, स्मार्टमै काम गर्ने कर्मचारीलगायत छन् । अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले दूरसञ्चार ऐनबमोजिम स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० साल वैशाख ३ गते स्वतः खारेज भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित
एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना