हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
५१ पटक हेरिएको
Shares
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।
  • बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।
  • उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।

२८ फागुन,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।

उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् । थापाले लेखेका छन,‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’ नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यसअघिदेखि नै संविधान संशोधनमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री
मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा