‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’

सारांश

  •   यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उहाँले सेवाग्राहीले बैंकमा लाइन बसेर दस्तुर एवं कर दाखिला गरिसकेपछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानुनी सुधारका काम भइरहेका जानकारी दिनुभयो ।
  • विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ निर्माण गरिसकेकाले यथाशीघ्र भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने उहाँले जानकारी दिनुभयो ।
  • मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेबसाइटबाट आफ्नो सवारीको विवरण आफूले अद्यावधिक गरी बिलबुक नवीकरणसहित सवारी कर तिर्न सकिनेछ ।

२९ चैत, बागमती प्रदेश सरकारकाश्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताउनुभएको छ ।  यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उहाँले सेवाग्राहीले बैंकमा लाइन बसेर दस्तुर एवं कर दाखिला गरिसकेपछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानुनी सुधारका काम भइरहेका जानकारी दिनुभयो ।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ निर्माण गरिसकेकाले यथाशीघ्र भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने उहाँले जानकारी दिनुभयो । मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेबसाइटबाट आफ्नो सवारीको विवरण आफूले अद्यावधिक गरी बिलबुक नवीकरणसहित सवारी कर तिर्न सकिनेछ ।  प्रदेश सरकारले नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र देखिने व्यवस्था गरिसकेकाले बताउँदै त्यसको पूर्णरूपमा कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री महर्जनले सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेमा सोही एपको सवारीचलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट ट्राफिक प्रहरीले जरिवाना गर्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।

आगामी दिनमा बागमती प्रदेश सरकारले सवारीचलक अनुमतिपत्रसम्बन्धी आवेदनसहित अन्य सेवा राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको बताउँदै मन्त्री महर्जनले यससम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । निरीक्षणका क्रममा मन्त्री महर्जनले कार्यालयका कर्मचारी तथा सेवाग्राहीसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । यातायात व्यवस्था कार्यालय हेटौँडाका कार्यालय प्रमुख प्रवीण श्रेष्ठले सेवाग्राहीको गुनासो र जिज्ञासा सान्दर्भिक रहेका बताउनुभयो । कार्यालयले आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व नियमावलीलगायत अन्य प्रचलित कानुन अनुसार कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेकाले पनि सेवा प्रवाहमा समय लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार
रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
मोरङको बेलबारीमा हात्ती मृत फेला