Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २०, २०८०
|
|
५० पटक हेरिएको
Shares
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

सारांश

  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ ।
  • .
  • बुधबारको बसेको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ ।

२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ ।.

बुधबारको बसेको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ । विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न (रोक्न) निर्देशन दिएको हो । ‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलको अवधिभरका लागि यस सेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’, समितिको बैठकमा भनिएको छ ।

लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ । ‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा र अन्य महन्वपूर्ण समसामयिक विषयमा बुझ्न समितिको आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने’, समितिको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् लेखा समितिको निर्णय

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म