Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा

सारांश

  • प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ६ जनालाई प्रतिवादी बनाउँदै ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
  • अदालतमा दर्ता भएको मुद्दामा चाँदनीका आफ्नै अभिभावक र मावली परिवारका सदस्यलाई प्रतिवादी बनाइएको छ।
  • मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै चाँदनीको हत्या भएको थियो।

 

विराटनगर : विराटनगरमा मारिएकी भारत छपराकी १४ वर्षीया चाँदनी यादवको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ६ जनालाई प्रतिवादी बनाउँदै ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।

अदालतमा दर्ता भएको मुद्दामा चाँदनीका आफ्नै अभिभावक र मावली परिवारका सदस्यलाई प्रतिवादी बनाइएको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै चाँदनीको हत्या भएको थियो। घाँटी थिचेर माघ ११ गते दिउँसो हत्या गरेपछि राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेको पत्ता लागेको उनले बताए। खाडोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव प्रहरीले १८ गते उत्खनन गरी कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर कानुनी कारबाहीको प्रक्रिया बढायो।

प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीका हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको अनुसन्धानबाट पत्ता लागेको जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले बताए। आमा र मामाविरुद्ध जिल्ला अदालत मोरङमा मंगलबार कर्तव्य ज्यान र अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता गरिएको उनको भनाइ छ। अन्य ४ जनामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव छन्। ‘प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लाग्यो। हत्यामा प्रत्यक्ष आमा र मामा संलग्न छन्।

घाँटी थिचेर मारेछन्,’ पराजुलीले भने, ‘अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको पाइयो। कसुर अनुसारको मुद्दा दर्ता गरिएको छ। ‘पोस्टमार्टम रिपोर्ट’बाट पनि घाँटीमा दबाब परेर मृत्यु भएको प्रष्ट भयो।’  अदालतले अभियुक्तसँग बिहीबारबाट बयान लिन सुरु गर्ने छ। बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ। बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतले दिने छ। कसुर ठहर भयो भने मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। एसपी चिमरियाका अनुसार चाँदनीको हत्या मामाघरकै एउटा कोठाभित्र भएको पत्ता लाग्यो।

शव व्यवस्थापन गरेपछि त्यो कोठालाई खाली छाडिएको उनको भनाइ छ। प्रहरी अनुसन्धानबाट भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्ध रहेको पत्ता लाग्यो। केही समयअघि भागेर बिहेसमेत गरेका थिए। छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए । जिल्ला न्यायाधिवक्ता पराजुलीका अनुसार विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए। आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन्। छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको प्रहरीले पत्ता लगायो। प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको पराजुलीले बताए।

उनका मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरुकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुल्यो। छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो। सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन्। ‘मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो।’ अनसन्धानबाट हत्यामा चाँदनीका बाबु लालमनको समेत सहमति देखिन्छ।  उनले ससुरालीमा छाडेकी पत्नी घर पुगिन्। तर, छोरी चाँदनी गइनन्।

चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा गाइँगुइँ चल्न थाल्यो। त्यो सूचना प्रहरीसम्म पुग्यो। प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा केही दिनअघि खनिएको ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो। सुरुमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए। प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए। कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदै प्रहरीले खोजतलास गर्दा शव भेटियो। लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा