प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् ।
  • सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।
  • उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ ।

१३ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलगाउनु हुने र देशवासीहरूलाई सिमित टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको भनाई छ । साथै, उनले यस सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भने कामना गर्दै मुलुकमा सुख शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्गल्य गरी देश विकासमा लाग्न सबैमा अपील पनि गरेकी छन् । उनले बडादसै २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
किन भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध ?
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी। 
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै
टप इन्ड टी-२० सिरिज: मेलबर्न रेनेगेड्ससँग नेपाल आज प्रतिस्पर्धा गर्दै