माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार

सारांश

  • नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नजाने भएका छन् ।
  • एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।
  •   गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमामका पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ ।

१० वैशाख, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नजाने भएका छन् ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।  गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमामका पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने नजाने भएका हुन् ।

‘औपचारिकताका लागि निम्तो आएको छ अध्यक्ष ज्युको आज अरु ठाउमै कार्यक्रम छ ’, अध्यक्ष नेपालको सचिवालयका एक सदस्यले भने, ‘जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि छैन ।’ सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको नीजि सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री खनाल हीरक महोत्सवमा सहभागी हुनुहुन्छ’, खनालको सचिवालयले भन्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
एक करोड १५ लाख लिटर दूध प्रशोधन
एक करोड १५ लाख लिटर दूध प्रशोधन
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली